१९ वर्षमैं यस्तो? बाफ रे बाफ!
सुबाष पाठकले नवलपरासीको एउटा विद्यालयमा पढेर भर्खर १२ कक्षा पुरा गरी कलेज पढ्ने तयारी गरिरहेका रहेछन्।
तर उनी वेब डिजाइन र डिभेलप्मेन्ट गर्ने सफ्टवेर (https://prepros.io/) बनाएर योरोप/अमेरिकामा बेच्दा रहेछन्। उनले बनाएको सफ्टवेर विक्रिबाट पहिलो दुई दिनमा भएको रू १ लाखको कमाई हेल्प नेपाल नेटवर्कको परोपकारी अक्षय कोष अभियानलाई सहयोग गर्न उनी मलाई खोज्दै भेट्न आइपुगे।
कहिं कतै तालिम नलिएर, नवलपरासीको विद्यालयमा पढेर, आफ्नै जिज्ञासा, प्रतिभा र मेहनतबाट १९ बर्षकै उमेरमा पश्चिमा देशमा विक्रि हुने सफ्टवेर बनाएर पहिलो दुई दिनमैं रु १ लाख कमाएको सुन्दा म छक्क परें।
सोच पनि फेरी कस्तो? सो पैसाबाट पहिले घुम्न जाने विचार गरेको रे, फेरी ‘होइन, पहिलेबाट राम्रो काम गरौं’ भन्ने मनमा आयो रे।
सुबाषजी जस्ता युवाहरू यो देशका लागि अत्यन्त आवश्यक छ। उनको प्रतिभाशाली मस्तिष्क र परोपकारी मनको ज्योति सन्सारभरी फैलिओस् -- सारा पाठकको उनलाई शुभकामना मिलोस्!

No comments:
Post a Comment