संसारभर गृहयुद्धको स्थिति भयावह
‘मलाई थाहा छैन, तेस्रो विश्वयुद्धमा कस्ता हतियार प्रयोग हुन्छन् । तर, चौथोमा लाठी र ढुंगा प्रयोग हुनेछन्,’ अल्बर्ट आइन्स्टेन ।
पेरिस आक्रमणलगत्तै धर्मगुरु पोप फ्रान्सिसले तेस्रो विश्वयुद्ध निम्तिने परिस्थिति सिर्जना हुने सम्भावना औँल्याएका थिए । अहिले सम्भावित तेस्रो विश्वयुद्धलाई लिएर विश्वभर त्रास छ ।
टर्कीले रुसी विमानलाई खसालेपछि नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) र रुसबीच सम्भावित मुठभेडको अवस्था सिर्जना भएको छ । ह्वाइट हाउसले यस विषयलाई हल्का ढंगबाट लिएको देखिए पनि मस्कोको प्रतिक्रिया गम्भीर प्रकृतिको छ ।
ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा तेस्रो विश्वयुद्ध ह्यासट्याग निकै चर्चामा छ । विज्ञहरू टर्कीले रुसमाथि गरेको आक्रमण मात्रै विश्वयुद्धको कारण बन्न नसक्ने बताउँछन् । तर, रुसी पर्यटकीय विमानमाथि आइएसको हमला, पेरिस आक्रमण र टर्कीले रुसी विमानमाथि गरेको आक्रमणको शृंखलाले सम्भावित भय सिर्जना गरेको छ ।
संयोगवश, पहिलो र दोस्रो विश्वयुद्धको इतिश्री युरोपबाटै भएको थियो । अहिले दोस्रो विश्वयुद्धपछि पहिलोपटक युरोप सबैभन्दा बढी भयभीत, तनावग्रस्त र आपसी लडाइँमा छ ।

सिरियामा के हुँदै छ ?
अहिले सिरियालाई आधार बनाएर विश्वका ठूला राष्ट्र युद्धमा होमिएका छन् । सिरियामा जे–जति युद्ध भएको छ, त्यसको असर ठूला राष्ट्रमा कम र सिरियाली जनतामा बढी परेको छ । अहिलेसम्म सिरियामा तीन लाख जनताले ज्यान गुमाइसकेका छन् । लाखौँ घरबारविहीन भएका छन् । सबै जनतालाई मृत्युको त्रास छ । सिरियालाई आधार बनाएर गरिएको अन्तर्राष्ट्रिय राजनीति यस्तो छ ः
१) अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक परस्पर विरोधमा छन् । अर्को शक्तिका रुपमा आतंककारी सैन्य दस्ता आइएस छ ।
२) रुसको स्पष्ट योजना सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउनेछ । यस काममा उसले प्रत्यक्ष रुपमा इरान र अप्रत्यक्ष रुपमा चीनको साथ लिएको छ ।
३) अमेरिकाको योजना कुनै हालतमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनेछ । असदलाई सत्ताबाट हटाएपछि आफूअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने र त्यसपछि सिरियासँग विभिन्न सम्झौता गरेर तेल खानीमा नियन्त्रण राख्ने अमेरिकाको योजनामा बेलायतको साथ छ । त्यसका लागि सिरियामै फ्रि सिरियन आर्मी नामक सैन्य दस्ता खडा गरेर अमेरिकाले आन्दोलन भड्काएको छ । तर, बेलायतबाहेक अमेरिका सम्मिलित नेटो गठबन्धनकै अन्य राष्ट्र पूर्ण रुपमा अमेरिकाको योजनाको पक्षमा छैनन्, स्वार्थ सबैको फरक छ । आइएसमाथि आक्रमण गर्ने बहानामा सिरिया छिरेको रुस अमेरिकाको अप्रत्यक्ष सहयोगमा सञ्चालित तिनै विद्रोहीमाथि खनिएको छ ।
४) नेटो गठबन्धनको अर्को राष्ट्र फ्रान्स यसअघि बसर अल असदले सत्ता छाड्नुपर्ने अडानमा थियो । तर पेरिस हमालापछि फ्रान्सले केवल आईएसलाई निसाना बनाएको छ । उसको पहिलो तारो आइएस र त्यसपछि मात्रै बसर अल असद हुन् ।
५) नेटो गठबन्धनको अर्को राष्ट्र टर्कीको निसानामा सिरियाली संगठन कुर्द र त्यसलाई प्रश्रय दिने राष्ट्रपति बसर अल असद छन् । आईएससँग टर्कीको खास दुश्मनी छैन । कतार, युएई र साउदी अरेबिया आईएसलाई भित्री रुपमा सहयोग गरिरहेका छन् । उनीहरूको उद्देश्य आईएसमार्फत इरानलाई सिध्याउने बुझिन्छ ।
६) कतार, साउदी र टर्कीजस्ता देशको योजना असफल बनाउन इरान बसर अल असदलाई टिकाउन चाहन्छ । त्यसैले रुसलाई इरानले खुलेर साथ दिएको छ ।
७) अहिले सिरियामा बसर अल असदले लेबनानको हिजबुल्लाह संगठनको पनि साथ लिएका छन् । यसबाहेक सिरियामा सिया र सुन्नी समुदायबीच पनि युद्ध जारी छ ।
८) सबै घटनाक्रम र आपसी विवादको फाइदा लिएर आईएस अघि बढ्दै छ । आईएसका प्रमुख अबु बकर अल बगदादीले इराक र सिरियाका थुप्रै भू–भाग कब्जामा लिएका छन् । प्रमुख तेल खानीहरू कब्जामा लिएको आईएस संसारकै शक्तिशाली आतंककारी संगठन मानिन्छ ।

९) सिरियामा जारी द्वन्द्वपछि अन्तर्राष्ट्रिय शक्तिबीच ध्रुवीकरण बढ्दो छ । बसर अल असदलाई हटाउने सन्दर्भमा टर्की, अमेरिका, बेलायत र फ्रान्स एकजुट देखिन्छन् । तर, फ्रान्स पछिल्लो समय आफ्नो स्वार्थअनुसार फेरिन सक्ने पनि देखिन्छ । किनकि यसअघि नेटोकै एक सदस्य जर्मनीले बसर अल असदसँग वार्ता गरिसकेको छ ।
टाढिँदै छन् शक्ति राष्ट्र
फ्रान्स हमलापछि आईएसलाई समाप्त पार्न रुस र अमेरिकाबीच सहकार्य हुने सम्भावना थियो । तर, टर्कीमा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले हात मिलाएको एक सातापछि नै घटनाले फरक मोड लियो ।
टर्कीले आफ्नो सीमा क्षेत्रमा रुसी विमानमाथि धावा बोल्यो । रुसका दुई पाइलट विमानबाट प्यारासुटमार्फत झरे । एकको घटनास्थलमै मृत्यु भयो, अर्का जीवित छन् । टर्कीले आफ्नो हवाई क्षेत्रमा रुसी विमान छिरेको र १० पटकसम्म चेतावनी दिँदा पनि हवाई क्षेत्र छाड्न नमानेपछि हमाला गर्नुपरेको दाबी गरेको छ । अमेरिका, बेलायत लगायत राष्ट्रले टर्कीको समर्थन गरेका छन् । तर, रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले टर्कीको कदमपछि सबै कुरा उल्टिएको भन्दै सहकार्यको सम्भावना मात्रै इन्कार गरेनन्, टर्कीसँगको सैन्य सम्झौता समेत खारेज गरे ।
पुटिनले टर्कीले रुसी विमान खसालेर आईएसलाई सहयोग गरेको आरोप लगाएका छन् । उनले यस विषयमा तत्काल संयुक्त राष्ट्रसंघको बैठक बोलाउन माग गरेका छन् । जीवित पाइलट क्याप्टेन कोन्सटानटिन मुराकटिनले टर्कीको भू–भागमा नछिरेको र टर्कीले बिना कुनै चेतावनी सीधै आक्रमण गरेको बताएपछि घटना थप अतिरञ्जित बनेको छ । रुसी पाइलट कोन्सटानटिनले अब सिरियामै बस्ने र मारिएका आफ्ना साथीको बदला लिएरै छाड्ने बताएका छन् ।
रुसले आफ्नो कारबाही कडा बनाउने बताइरहेका बेला अमेरिका, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघले रुसलाई शान्त रहन अपिल गरेका छन् । तर रुसले यस घटनामा चुप नलाग्ने भन्दै नेटोका सदस्यलाई आइन्दा बिर्सिएर पनि यसो नगर्न कडा चेतावनी फर्काएको छ ।

के नेटो फुटाउन चाहन्छ रुस ?
नेटोमा अहिले २८ राष्ट्र आबद्ध छन् । नेटोमा आबद्ध राष्ट्रमध्ये अमेरिका, फ्रान्स र बेलायत आणविक शक्ति राष्ट्र हुन् । नेटो र रुसबीचको विवाद दुई वर्षअघि नै सुरु भएको थियो । युक्रेनको क्रिमियालाई रुसले आफ्नो भूभागमा गाभेपछि सुरु भएको यो विवाद अहिले सिरियाका नाममा उत्कर्षमा छ । आफ्ना भरपर्दा सहयोगी बसर अल असदलाई टिकाउन सबै शक्ति लगाएर भिडेको रुस अहिले फ्रान्सलाई नेटोका अन्य सदस्य राष्ट्रबाट फुटाउने दाउमा छ । केही अघिसम्म बसर अल असदलाई सत्ताच्युत गराउने योजना बुनेको फ्रान्सको अर्जुनदृष्टि पेरिस आक्रमणपछि कुनै हालतमा आईएसलाई तह लगाउने छ । यस्तो परिस्थितिमा युरोप भ्रमणमा सक्रिय फ्रान्सेली राष्ट्रपति फ्रान्सिस्को होल्यान्डेलाई टर्की आईएसको पक्षधर रहेको र आफू आईएसको सक्कली विरोधी रहेको विश्वास दिलाउने प्रयासमा रुसी राष्ट्रपति छन् ।
चीनको भूमिकालाई लिएर अमेरिका त्रासमा
सन् १९७१ मा तत्कालीन सोभियत संघसँग चीन डराउँदाको फाइदा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले मजाले उठाएका थिए । शीतयुद्धताका चीन भ्रमण गरेर उनले दुई कम्युनिस्ट राष्ट्रलाई भिडाए । अहिले बाराक ओबामाका लागि परिस्थिति सहज छैन, चीन र रुसको मित्रता देखेर अमेरिकाले डाह गर्नुपर्ने अवस्था छ । किनकि पछिल्ला ५० वर्षयता रुस र चीन अहिले सबैभन्दा नजिक छन् । चीन र रसिया सांघाई कर्पोरेसन अर्गनाइजेसनका प्रमुख सदस्य हुन् । उनीहरूले मैत्रीपूर्ण सम्बन्धसँगै सैन्य सम्बन्धलाई समेत उत्तिकै विकास गरेका छन् । रुसलाई अहिले नेटोसँग भिड्नका लागि चीनको भरपर्दो साथ जरुरी छ । गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गर्दा रुसी रक्षामन्त्री शेर्जी सोगले भनेका थिए, ‘हामी दुई देशबीचको एकता अन्तर्राष्ट्रिय परिस्थितिमा स्थिर भूमिका कायम गर्नका लागि हो ।’ रुसी रक्षा प्रमुखले एकाापसको सैन्य सहयोग रुस र चीनको रणनीतिक साझेदारीको प्रमुख आधार रहने प्रस्ट पारिसकेका छन् ।

यस्तो छ चीनको स्वार्थ
चीनले आफ्नो दक्षिणतर्फ रहेको साउथ चाइना समुद्रमा पूरै कब्जा जमाउन चाहेको छ । तर, जापान चीनको यो हेपाहा प्रवृत्तिको विरोधमा छ । चीनले आफ्नो जलसेना प्रयोग गरेर त्यस क्षेत्रमा अन्यमाथि आक्रमण गरिरहेको छ । चीनले कब्जा जमाएको पारासेल्स र स्पाराल्टेज टापुमा भियतनाम र ताइवानको पनि आफ्नै दाबी छ । यस टापु वरपरको प्राकृतिक सम्पदा र यसको रणनीतिक महत्त्वलाई राम्रोसँग बुझेको चीन टापु छाड्ने पक्षमा छैन । अमेरिकाको भरपर्दा सहयोगी जापानले चीनसँग यस विषयलाई लिएर आपत्ति जनाउँदै आएको छ, फिलिपिन्स र मलेसिया पनि चीनको विरोधमा छन् । चीनले यो भू–भागमा कब्जा जमाएमा जापानले थुप्रै सामान चीनमार्फत भित्र्याउनुपर्ने अवस्था सिर्जना हुनेछ । आफैँमा एउटा शक्ति राष्ट्र जापान चीनसँग त्यसरी झुक्न चाहँदैन ।
संसारभर गृहयुद्धको स्थिति भयावह
अहिले विश्वमा झन्डै २० भन्दा बढी देशमा भयंकर गृहयुद्ध जारी छ । बोको हराम, अलकायदा र आईएसजस्ता विद्रोही संगठनको प्रभाव पूरै विश्वमा परिसकेको छ । धार्मिक तथा साम्प्रदायिक दंगाहरू जारी छन् । दोस्रो विश्वयुद्धपछि पहिलोपटक युरोप पूरै तनाव र भयको स्थितिमा छ । सिरियामा मात्रै तीन लाखभन्दा बढीले ज्यान गुमाएका छन् । देश नै युद्धभूमिमा परिणत भएपछि थुप्रै नागरिक शरणार्थी बनेर बिदेसिएका छन् । उत्तर कोरिया र दक्षिण कोरिया, भारत र पाकिस्तान, चीन र जापान लगायत एसियाका ठूला शक्ति सबै एक–अर्काका दुश्मन छन् । अमेरिकाको पनि छिमेकी क्युबासँग राम्रो सम्बन्ध छैन । युरोपका अधिकांश राष्ट्रसँग रुसको सम्बन्ध चिसो छ ।

कसको शक्ति कति ?
संसारमा सैन्य बलका हिसाबले अमेरिका विश्वमै नम्बर एक छ । दोस्रो नम्बरमा रहेको रुस हतियार उत्पादनमा माहिर मानिन्छ । जनसंख्याको हिसाबमा चीनसँग अमेरिकापछि सबैभन्दा धेरै सैनिक छन् । रोचक कुरा भारत सैन्य शक्तिमा चौथो नम्बरमा आउँछ । कुनै समय रुससँग हतियार खरिद गर्ने भारत अहिले तत्काल कुनै पक्षमा पनि खुलेर लागेको छैन । बेलायत, फ्रान्स र जर्मनी त्यसपछिका ठूला सैन्य शक्ति हुन् । टर्की, दक्षिण कोरिया र जापानको नाम यसपछि आउँछ । आणविक राष्ट्रमध्ये अहिले बेलायत र अमेरिका प्रस्ट रुपमा एक कित्तामा छन् । अर्को कित्तामा चीन र रुस छन् । यसबाहेक फ्रान्स, पाकिस्तान र उत्तर कोरिया पनि आणविक राष्ट्र हुन् । धेरै विज्ञले अब विश्वयुद्ध भइहाले त्यो आणविक युद्ध हुने बताएका छन् । यस्तो परिस्थितिमा भयावह युद्ध भए संसारले कल्पना नै नगरेको क्षति व्यहोर्नुपर्नेछ ।
पहिलो र दोस्रो विश्वयुद्धमा के भएको थियो ?
पहिलो विश्वयुद्धमा युरोपका दुई देशबीचको लडाइँमा दुनियाँका सबै शक्तिशाली राष्ट्र सहभागी भए । दुनियाँ बाडिँयो र थुप्रै मरे । २०औँ शताब्दीको सुरुआतमा जर्मनी एक ठूलो शक्तिका रुपमा थियो । युरोपमा अस्ट्रिया उसको एक्लो सहयोगी थियो । अस्ट्रियाबाट केही व्यक्ति सर्बिया जान चाहन्थे र यस क्रममा बोनिस्याको राजधानी साराजेवो गएका अस्ट्रियाका राजकुमार आर्कडयुक फ्रान्ज फर्डिनान्ड र उनकी पत्नीको हत्या भयो । अस्ट्रियाले हत्याका पछाडि सर्बियाको हात रहेको बतायो । अस्ट्रियाले हत्याको छानबिन सर्बियालाई नै गर्न दिएर उसलाई अल्टिमेटम दियो । सर्बियाले चेतावनी अस्वीकार गर्दै हत्याको छानबिनमा इन्कार गर्यो । त्यसपछि २८ जुलाईमा अस्ट्रियाले सर्बियामा हमला गर्यो । अस्ट्रिया जर्मनीको दममा लडेको थियो र रुसले सर्बियालाई साथ दियो । रुसले आफ्नो सेना पठायो र जर्मनी लडाइँमा होमियो । रुस जर्मनी लड्न थालेपछि रुसको सहयोगी फ्रान्स पनि लडाइँमा सहभागी भयो । फ्रान्स र जर्मनीको सीमामा लडाइँ सुरु भयो । यसबीच रुस र फ्रान्सको सहयोगी बेलायतले जर्मनीलाई लडाइँ रोक्न माग गर्यो । जर्मनीले मानेन र बेलायतले पनि जर्मनीमाथि हमला सुरु गर्यो । त्यतिबेला सबैभन्दा बलियो जलसेना मानिने बेलायती जलसेनाले जर्मनीमाथि हमला गर्यो । अमेरिका यो युद्धमा सहभागी भएन । आखिर जर्मनी र अस्ट्रिया अर्थात् धुरी राष्ट्रको हार भयो ।
कसरी सुरु भयो दोस्रो विश्वयुद्ध ?
पहिलो विश्वयुद्धमा नराम्ररी पराजित भएको जर्मनी हारपछि आफ्नो सैन्य शक्ति बढाउने अभियानमा थियो । त्यति नै बेला परिस्थितिको फाइदा उठाउँदै हिटलरको उदय भयो । हिटलरले जनताको भावनाको पर्याप्त फाइदा उठाउँदै साम्राज्यवादी नीति अवलम्बन गरे । जर्मनीले सन् १९३८ मा चेकोस्लोभाकियामाथि आक्रमण गर्यो । एक वर्षभित्र जर्मनीले चेकोस्लोभाकिया नै कब्जा गर्यो । यता, गृहयुद्धबाट ग्रसित चीनमाथि सन् १९३७ मै जापानले आक्रमण गरेको थियो । युरोपमा हिटलरलाई इटालीका मुसोलिनीको साथ थियो । सन् १९३९ मा जर्मनीले पोल्यान्डमाथि हमला गरेपछि ब्रिटेन र फ्रान्सले जर्मनीमाथि आक्रमण सुरु गरे । यसैबीच जापानले पहिला एक अमेरिकी बन्दरगाहलाई निसाना बनायो र फेरि पर्ल हार्बरमाथि आक्रमण गर्यो । अमेरिका युद्धमा होमिन बाध्य भयो । अमेरिकाले जापानका दुई सहर हिरोसिमा र नागासाकीमा एटम बम प्रहार गर्यो । इतिहासकै सबैभन्दा विनाशकारी यस प्रहारपछि जापानले अमेरिकासामु आत्ससमर्पण गर्यो र फेरि एकपटक धुरी राष्ट्र पराजित भए । यसको असर संसारकै शक्ति सन्तुलनमा पर्यो र बेलायतको सट्टा अमेरिका संसारको नयाँ शक्ति बन्यो ।
No comments:
Post a Comment